काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले माओवादी आन्दोलनको इतिहास मेटाउने गम्भीर प्रयास भइरहेको बताएका छन् ।

पार्टीको समाजकल्याण विभागद्वारा मंगलबार आयोजित अन्तरक्रिया कार्यक्रममा बोल्दै अध्यक्ष प्रचण्डले केही विशेष तप्का र समूहहरू माओवादीको योगदानलाई इतिहासबाट मेटाउन नियोजित ढंगले लागिपरेको टिप्पणी गरे ।

advertisement

उनले भने, ‘‘हाम्रो आन्दोलन, त्यसभित्रको बलिदान र त्यसले ल्याएको परिवर्तनलाई अस्वीकार गर्न व्यापक षड्यन्त्र भइरहेको छ । न्वारनदेखिको बल लगाएर हामीले गरेका कार्यहरूलाई खारिज गर्न खोजिएको छ ।’’

प्रचण्डले माओवादी नेतृत्वले गरेका सकारात्मक कार्यहरूलाई स्वीकार्ने इच्छाशक्ति त्यस्ता तत्वहरूमा नरहेको पनि बताए । ‘‘हाम्रो योगदानलाई स्थापित गर्न नदिने चलखेल भइरहेको छ । मलाई लाग्छ, तपाईंहरू यस विषयमा चनाखो हुनुहुन्छ,’’ उनले सहभागीलाई सम्बोधन गर्दै भने ।

 

प्रकाशित मिति: १३ श्रावण २०८२, मंगलबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com