हेटौंडा । बागमती प्रदेश कांग्रेस संसदीय दलको बैठक आजदेखि औपचारिक रूपमा सुरु भएको छ । बैठकमा दलका नेता तथा प्रदेशका मुख्यमन्त्री बहादुर सिंह लामाविरुद्ध दर्ता गरिएको अविश्वास प्रस्तावमाथि छलफल सुरु गरिएको हो ।
बैठकमा नेपाली कांग्रेस केन्द्रबाट पठाइएका प्रतिनिधि राजन केसीको उपस्थिति रहेको छ । बैठक प्रारम्भमा केन्द्रबाट प्राप्त पत्र पढेर सुनाइएको थियो, जसमा प्रतिनिधि केसीको उपस्थितिको औपचारिक जानकारी गराइएको थियो ।
त्यसपछि संसदीय दलका नेता तथा मुख्यमन्त्री लामाविरुद्ध दर्ता गरिएको अविश्वास प्रस्ताव बैठकमा प्रस्तुत गरिएको छ । प्रस्ताव पढेर सुनाएपछि प्रस्तावको पक्ष र विपक्षमा मतविभाजन तथा सनाखत प्रक्रियामा जाने तयारी भएको स्रोतको भनाइ छ ।
बैठकको उद्देश्य मुख्यमन्त्री लामाको नेतृत्वप्रति उठाइएको असन्तोषमाथि निर्णय गर्नु रहेको बैठकमा सहभागी एक नेताले जनाएका छन् ।
प्रकाशित मिति: १३ श्रावण २०८२, मंगलबार












प्रतिक्रिया