काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक मंगलबार ३०.७६ अंकले वृद्धि हुँदै ३,००२.०७ विन्दुमा पुगेको छ। दिनभरमा नेप्से १.०३ प्रतिशतले उकालो लागेको हो।
नेपाल स्टक एक्सचेन्जका अनुसार आज ३२१ कम्पनीका ४ करोड १८ लाख ८ हजार ९६६ कित्ता सेयर १ लाख ५७ हजार ५२५ पटक खरिदबिक्री भएका छन्। यसबाट कुल कारोबार रकम १८ अर्ब ५२ करोड ९३ लाख २२ हजार ८८५ रुपैयाँ पुगेको छ।
सेक्टरगत उपसूचकहरू मध्ये विकास बैंक, वित्त र व्यापार समूहको उपसूचकमा गिरावट आएको छ भने बाँकी सबै समूहमा सकारात्मक वृद्धि देखिएको छ।
मुक्तिनाथ एग्रो, ट्रेड टावर लिमिटेड, सान्भी इनर्जी लिमिटेड र नेडेप लघुवित्त वित्तीय संस्थाको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ। यिनको मूल्यमा कारोबार सीमा पुगेसँगै सेयर रोकिएको हो।
अर्कोतर्फ, समता घरेलु लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य सबैभन्दा बढी ८.६० प्रतिशतले घटेको छ।
कारोबार रकमको हिसाबले हिमालयन डिस्टिलरी लिमिटेड अग्रस्थानमा रहेको छ। सो कम्पनीको ६४ करोड ४१ लाख ३८ हजार रुपैयाँ बराबरको सेयर किनबेच भएको छ। सेयर सङ्ख्याका आधारमा भने प्रभु बैंक लिमिटेड अगाडि देखिएको छ, जसको १८ लाख ५८ हजार २२४ कित्ता सेयर कारोबार भएको हो।
प्रकाशित मिति: १३ श्रावण २०८२, मंगलबार












प्रतिक्रिया