हेटौँडा । बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामा तामाङले आफूले मुख्यमन्त्री पदबाट राजीनामा नदिने स्पष्ट अडान सार्वजनिक गरेका छन्।

बागमती प्रदेश कांग्रेस संसदीय दलबाट आफूविरुद्ध ल्याइएको अविश्वास प्रस्ताव बहुमतले पारित भएपछिको प्रतिक्रिया दिँदै मुख्यमन्त्री लामाले भने, “संसदीय दलको नेताबाट हटिए पनि मुख्यमन्त्रीबाट राजीनामा दिनुपर्ने बाध्यता छैन।”

advertisement

सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै लामाले दलको नेता र सरकार प्रमुखबीच फरक हुने उल्लेख गरे। उनले भने, “सरकार एउटा पक्ष हो, संसदीय दल अर्को। मुख्यमन्त्री हुनका लागि दलको नेता नै हुनुपर्छ भन्ने संविधानमा कतै लेखिएको छैन। त्यसैले म राजीनामा दिन्न।”

मुख्यमन्त्री लामाका अनुसार, दलको नेताबाट आफू हटाइएपछि त्यो पद रिक्त भएको छ र अब नयाँ संसदीय दलको नेता चयनको प्रक्रिया सुरु हुनेछ। उनले आफू दलको आन्तरिक प्रक्रियामा हस्तक्षेप नगर्ने तर मुख्यमन्त्री पदमा रहने निर्णयमा अडिग रहने स्पष्ट पारे।

उनको यो भनाइपछि बागमती प्रदेशको राजनीतिक अवस्था थप जटिल बन्ने संकेत देखिएको छ। मुख्यमन्त्रीको राजीनामा वा बहिर्गमनबिना सरकारमा स्थायित्व ल्याउन कठिन हुने विश्लेषकहरू बताउँछन्।

प्रकाशित मिति: १३ श्रावण २०८२, मंगलबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com