काठमाडौं ।  प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेको हस्ताक्षर संकलन अभियानप्रति कटाक्ष गरेका छन्। सुदूरपश्चिममा आयोजित एक कार्यक्रममा बोल्दै ओलीले लामिछानेलाई आफूले उपप्रधान तथा गृहमन्त्री बनाएको स्मरण गराउँदै पछिल्लो गतिविधिप्रति आलोचना गरे।

“विभिन्न प्रकारका अपराध गरेर अदालतले थुन्छ, अनि सरकारमाथि गुनासो गर्छन्,” प्रधानमन्त्री ओलीले भने, “सरकार अदालत होइन, अदालतले छाड्ने वा थुन्ने निर्णय गर्छ। ठगी गरेपछि अदालतले कारबाही गर्छ, त्यसमा सरकारको केही हात हुँदैन।”

advertisement

रास्वपाले हाल सञ्चालनमा ल्याएको तथाकथित हस्ताक्षर अभियानप्रति व्यंग्य गर्दै ओलीले भने, “मलाई डर लागेको छ, तीन करोडभन्दा माथि हस्ताक्षर नपुग्ला। तीन करोड नपुर्याउनुस् है, सचेत हुनुहोस्।”

कार्यक्रममा ओलीले वर्तमान गठबन्धन सन् २०८४ को निर्वाचनसम्म यथावत् रहने र त्यसपछि आवश्यक राजनीतिक पुनरावलोकन गरिने बताए। उनले हस्ताक्षर अभियानलाई प्रतिशोधको रूपमा चित्रित गर्दै राजनीतिक मर्यादामाथि प्रश्न उठाएका थिए।

प्रकाशित मिति: १३ श्रावण २०८२, मंगलबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com