काठमाडौं । अभिनेत्री ऋचा शर्माले सामाजिक सञ्जालमा आफूविरुद्ध अमर्यादित र अपमानजनक टिप्पणी गरेका फौजी शाहीलाई कानुनी कारबाहीको चेतावनी दिएकी छन्।
मंगलबार ऋचाले शाहीको टिप्पणी सार्वजनिक गर्दै ती अभिव्यक्तिप्रति आपत्ति जनाएकी हुन्। उनले स्पष्ट शब्दमा भनेकी छन्, “फौजी शाही मेरा कामप्रति प्रतिक्रिया दिन सक्नुहुन्छ, मेरो सिनेमा बहिष्कार गर्न पनि स्वतन्त्र हुनुहुन्छ, तर मेरो व्यक्तिगत अभिव्यक्तिलाई लिएर गालीगलौज र अपशब्द प्रयोग गर्नु स्वीकार्य छैन।”
ऋचाले आफूविरुद्ध जथाभावी बोलेको भिडियो हटाउन माग गर्दै यदि उक्त सामग्री डिलिट नगरेमा कानुनी प्रक्रिया अघि बढाउने चेतावनी दिएकी छन्।
सो मुद्दा सामाजिक सञ्जालमा कलाकारप्रतिको आचरण र अनलाइन टिप्पणीको मर्यादाबारे बहस सुरु गराउने सम्भावनासमेत देखिएको छ।

प्रकाशित मिति: १३ श्रावण २०८२, मंगलबार













प्रतिक्रिया