काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आज राष्ट्रियसभाको बैठकमा नेपालको अति कम विकसित राष्ट्रबाट विकासशील राष्ट्रमा स्तरोन्नतिको विषयमा सम्बोधन गर्ने भएका छन्।

आज अपराह्न बस्ने बैठकमा राष्ट्रियसभा अन्तर्गतको विकास, आर्थिक मामिला तथा सुशासन समितिकी सभापति कमला पन्तले प्रस्तुत गर्ने “नेपालको अति कम विकसित राष्ट्रबाट विकासशील राष्ट्रमा स्तरोन्नति (एलडिसी ग्रयाजुएसन) सम्बन्धी अध्ययन प्रतिवेदन, २०८१” माथि छलफल हुनेछ।

advertisement

छलफलमा सांसदहरूले उठाएका सवालहरूको जवाफ दिने क्रममा प्रधानमन्त्री ओलीले सो विषयमा विस्तृत सम्बोधन गर्ने कार्यक्रम तय भएको प्रधानमन्त्रीको निजी सचिवालयले जानकारी दिएको छ।

उक्त प्रतिवेदनमा नेपालको एलडिसीबाट स्तरोन्नति हुने प्रक्रियाको पृष्ठभूमि, प्रगति, चुनौती र अवसरहरूबारे समग्र विश्लेषण गरिएको छ। प्रधानमन्त्री ओलीको सम्बोधनले त्यसबारे सरकारको धारणा स्पष्ट पार्ने अपेक्षा गरिएको छ।

प्रकाशित मिति: १४ श्रावण २०८२, बुधबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com