काठमाडौं । नेपाल राष्ट्र बैंकका पूर्वगभर्नर चिरञ्जीवी नेपालले सरकारले अर्थतन्त्रमा गतिशीलता ल्याउन प्रत्यक्ष रुपमा नागरिकको खातामा पैसा पठाउने जस्ता साहसी कदम चाल्नुपर्ने बताएका छन्।

बुधबार नेपाली कांग्रेसको वित्तीय संस्था समन्वय विभागद्वारा आयोजित “वर्तमान अवस्थामा देशको वित्तीय तथा मौद्रिक स्थिति” विषयक अन्तरक्रियामा बोल्दै उनले विकसित मुलुकहरूमा सरकारले आर्थिक संकटको बेला जनताको खातामा सिधा रकम हस्तान्तरण गरेर अर्थतन्त्रलाई सशक्त बनाउने गरेको उदाहरण दिए।

advertisement

“हामीकहाँ भने यस्तो अभ्यास कहिल्यै भएन,” उनले भने, “सरकारले खर्च गर्ने हैसियत बनाउनु पनि अहिलेको आवश्यकता हो। विस्तारमुखी वित्तीय र मौद्रिक नीति नै अहिले अर्थतन्त्र उकास्ने उपाय हो।”

पूर्वगभर्नर नेपालका अनुसार चालु मौद्रिक र वित्तीय नीति लचक छन्, जसले आर्थिक गतिविधिलाई केही राहत दिन सक्नेछ। तर, उनले यस्तो लचिलो नीतिका कारण जोखिम पनि उत्तिकै बढेको उल्लेख गरे। “ब्याजदर घटे पनि ऋण प्रवाह बढ्न नसक्नु र बजारमा पैसा थुप्रिनु चिन्ताको विषय हो,” उनले भने।

उनले विगतमा सरकारहरूले ‘स्टीमुलस प्याकेज’ ल्याएर आवश्यक आर्थिक सुधार नगरेको उल्लेख गर्दै अहिलेको विस्तारमुखी नीतिको प्रभाव केही दिनभित्र स्पष्ट देखिने बताए।

नेपालले राज्यको भूमिका अब अझ सक्रिय हुनुपर्ने सुझाव दिँदै भने, “बजारलाई मात्र भर पर्नु हुँदैन, राज्यले पनि जोखिम मोलेर अर्थतन्त्रमा हस्तक्षेप गर्नुपर्ने बेला यही हो।”

प्रकाशित मिति: १४ श्रावण २०८२, बुधबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com