काठमाडौं । नागरिक उन्मुक्ति पार्टी (नाउपा) को राष्ट्रिय भेला काठमाडौंको नयाँ बानेश्वरमा जारी छ।

भेलामा हालैका राजनीतिक घटनाक्रम, सरकारलाई दिएको समर्थन फिर्ता गर्ने निर्णय, र पार्टी अध्यक्ष रञ्जिता श्रेष्ठमाथि उठेको अनुशासनसम्बन्धी विषयमा विस्तृत छलफल भइरहेको छ।

advertisement

यद्यपि, अध्यक्ष रञ्जिता श्रेष्ठ स्वयं भने यस राष्ट्रिय भेलामा सहभागी छैनन्। पोखरास्थित लिचीबारी जग्गा प्रकरणमा मुछिएपछि उनले आफूलाई पार्टी जिम्मेवारीबाट अलग राख्दै वरिष्ठ उपाध्यक्ष शिव बास्तोलालाई कार्यवाहक अध्यक्षको रूपमा तोकेकी थिइन्।

पार्टी स्रोतका अनुसार, श्रेष्ठ अब अध्यक्षमा बहाल नरहेको सूचना निर्वाचन आयोगमा समेत पुगिसकेको छ। तर, आयोगले उक्त विवरणलाई अहिलेसम्म अद्यावधिक गरिसकेको छैन।

यसअघि, २०८० पुस मसान्तमा नाउपाले पहिलो महाधिवेशन गर्दै रेशम चौधरीलाई अध्यक्ष चयन गरेको थियो। तर निर्वाचन आयोगले उक्त निर्णयलाई मान्यता दिन अस्वीकार गर्दै पार्टीको पुरानै २१ सदस्यीय केन्द्रीय समिति मान्य हुने अडान लिएको थियो।

शिव बास्तोला सो पुरानो २१ सदस्यीय समितिमा नरहे पनि अध्यक्ष श्रेष्ठले उनलाई वरिष्ठ उपाध्यक्षको जिम्मेवारी दिएकी थिइन्। तर आयोगले बास्तोलालाई पनि वैधानिक रूपमा नचिन्ने स्पष्ट पारेको छ।

नाउपाको वर्तमान संरचना र नेतृत्वको वैधानिकता अहिले अन्योलपूर्ण अवस्थामा पुगेको छ, र यसले पार्टीभित्रको आन्तरिक शक्ति सन्तुलनमा समेत असर पारेको देखिन्छ।

प्रकाशित मिति: १४ श्रावण २०८२, बुधबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com