काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का कार्यवाहक सभापति डिपी अर्यालसहित चार जना सांसदले पार्टी सभापति रवि लामिछानेलाई भैरहवा कारागारमा भेटेका छन्। रास्वपाको संसदीय दलको बैठक सुरु हुनु अघि उनीहरू कारागार पुगेका हुन्।

कारागारमा लामिछानेसँग भेट गर्नेमा कार्यवाहक सभापति अर्यालसँगै सांसदहरू असिम साह, डा. चन्दा कार्की र शोविता गौतम रहेका छन्। रास्वपाको संसदीय दल बैठक हाल भैरहवामा जारी छ।

advertisement

भेटका क्रममा लामिछानेले पार्टीले सञ्चालन गरेको हस्ताक्षर अभियानप्रति सन्तुष्टि जनाउँदै अभियानले जनस्तरमा सकारात्मक सन्देश दिएको बताए। साथै, उनले सांसदहरूलाई अभियानलाई थप प्रभावकारी बनाउन र आफूलाई लक्षित गरिएको राजनीतिक प्रतिशोधका विषयमा जनतालाई घरघरमा पुगेर जानकारी दिन आग्रह गरेका थिए।

लामिछानेले नेताहरूलाई दम्भ त्यागी भुईंमान्छे बनेर जनताको कुरा सुन्न र सहयोग गर्न पनि सुझाव दिएका थिए।

भेटपछिको प्रतिक्रिया दिँदै सांसद असिम साहले रविलाई अघिल्ला दिनभन्दा अझ बढी आत्मविश्वास र ऊर्जा भएको अवस्थामा पाएको बताए। “यदि अहिले कतै १० जनाको भिड छ भने, त्यसमा ६ जना रास्वपाका समर्थक वा कार्यकर्ता हुन्छन्,” साहले लामिछानेको भनाइ उद्धृत गर्दै भने।

सांसदहरूका अनुसार लामिछानेले पार्टीको दिशा र संघर्ष अझ सशक्त रूपमा अघि बढाउन सुझाव दिएका छन्।

 

प्रकाशित मिति: १४ श्रावण २०८२, बुधबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com