काठमाडौं । राष्ट्रियसभा बैठकमा नेपाल अतिकम विकसित राष्ट्रबाट विकासशील राष्ट्रमा स्तरोन्नति हुने विषयमा छलफल भइरहेका बेला तीन जना मन्त्री बैठकको क्रममा निदाएका छन्।

निदाएका मन्त्रीहरूमा उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेल, युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरी र रक्षा मन्त्री मानवीर राई रहेका छन्। बैठकमा बोल्दै राष्ट्रपतिको कार्यालयबाट आएको “अतिकम विकसित राष्ट्रबाट विकासशील राष्ट्रमा नेपालको स्तरोन्नति” सम्बन्धी अध्ययन प्रतिवेदन २०८१ माथि सांसदहरूले धारणा राखिरहेका बेला ती मन्त्रीहरू बैठकमा निदाएको दृश्य टेलिभिजनमा पनि प्रसारण भएको थियो।

advertisement

महत्वपूर्ण विषयमा छलफल भइरहेको बेला मन्त्रीहरू निदाएको दृश्यले सरकारको गम्भीरता प्रति प्रश्न उठेको भन्दै सामाजिक सञ्जालमा आलोचना भइरहेका छन्। संसदजस्तो संवैधानिक निकायमा मन्त्रीहरूको यस्तो व्यवहारलाई गैरजिम्मेवार ठहर गर्दै कतिपयले यसमा स्पष्टीकरण मागिनुपर्ने आवाज पनि उठाइरहेका छन्।

प्रकाशित मिति: १४ श्रावण २०८२, बुधबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com