काठमाडौं ।  नेप्से परिसूचक बुधबार ४७.९३ अंकले घटेर २,९५४.१४ विन्दुमा झरेको छ। तीन हजार विन्दु नजिक पुगेको नेप्से टिक्न नसक्दै उच्च अंकले ओरालो लागेको हो।

बुधबार कुल कारोबार रकम पनि घटेको छ। मंगलबार १८ अर्ब ५२ करोड रुपैयाँको कारोबार भएकोमा बुधबार १६ अर्ब ४४ करोड रुपैयाँमा झरेको छ। यससँगै कारोबार रकममा २ अर्ब ८ करोड रुपैयाँको कमी आएको छ।

advertisement

नेप्सेमा आज ३२७ वटा धितोपत्रको ३ करोड ६४ लाख १७ हजार ७४२ कित्ता सेयर किनबेच भएको छ। यसदिन २३ कम्पनीको सेयर मूल्य बढेको छ भने २२६ कम्पनीको घटेको छ।

सान्भी इनर्जी र ट्रेड टावरका सेयर मूल्य सर्किट लेभलमा वृद्धि भएको छ। दुवैको प्रतिकित्ता मूल्य क्रमशः ८४५.९० र ९४८.९० रुपैयाँ पुगेको छ।

अर्कोतर्फ, ग्रीन डेभलपमेन्ट बैंकको मूल्य ८.०४ प्रतिशतले घटेर प्रतिकित्ता १,२४७.६२ रुपैयाँमा झरेको छ भने कालिका पावरको मूल्य ६.०१ प्रतिशतले घटेर ६३०.४६ रुपैयाँ कायम भएको छ।

हिमालयन रिइन्स्योरेन्स आजको सर्वाधिक कारोबार भएको कम्पनी बन्यो। कम्पनीको प्रतिकित्ता १,०८३.१० रुपैयाँमा १ अर्ब ३२ करोड १२ लाख रुपैयाँ बराबरको कारोबार भएको हो। अघिल्लो दिनको तुलनामा यसको मूल्य २.२६ प्रतिशतले बढेको छ।

दोस्रो स्थानमा हिमालयन डिष्टिलरी रहेको छ, जसको ७३ करोड २९ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ। यसको मूल्य १,४८३ रुपैयाँ कायम भएको छ।

आज १३ वटा समूहगत परिसूचकहरूमध्ये “अन्य” समूहको सूचक मात्रै ०.८५ प्रतिशतले बढ्दा बाँकी १२ समूह घटेका छन्। सर्वाधिक गिरावट ३.२८ प्रतिशतको दरले “अन्य” समूहमै देखिएको छ।

प्रकाशित मिति: १४ श्रावण २०८२, बुधबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com