काठमाडौं । नेकपा (माओवादी केन्द्र) ले साउन १६ गते सुरु हुने स्थायी कमिटी बैठकका लागि छलफलका विषय (एजेन्डा) तय गरेको छ।

बुधबार पेरिसडाँडास्थित पार्टी मुख्यालयमा बसेको पदाधिकारी बैठकले स्थायी कमिटी बैठकका एजेन्डा निर्धारण गरेको प्रवक्ता अग्नि सापकोटाले जानकारी दिए।

advertisement

उनका अनुसार बैठकमा पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले समसामयिक राजनीतिक परिस्थितिबारे विस्तृत जानकारी (ब्रिफिङ) दिनेछन्। साथै, पोखरामा आएर रोकिएको संगठनात्मक अभियानलाई पुनः सक्रिय बनाउने, पार्टीभित्रको आन्तरिक एकता मजबुत बनाउने र समाजवादी मोर्चासम्बन्धी विषयमा छलफल हुने एजेन्डा तय भएको छ।

त्यसैगरी, संगठन निर्माण, नेताहरूको जिम्मेवारी बाँडफाँट, समसामयिक राजनीतिक प्रस्तावहरू पारित गर्ने लगायतका विषयमा पनि स्थायी कमिटी बैठकमा निर्णय लिने तयारी रहेको सापकोटाले बताए।

बैठकबाट माओवादी केन्द्रको केन्द्रीय कमिटी बैठकको मिति समेत तय गरिने जनाइएको छ।

प्रकाशित मिति: १४ श्रावण २०८२, बुधबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com