काठमाडौं । दुई वटा फरक प्याकेजमार्फत नयाँ राहदानी छापिने भएको छ। राहदानी विभागले ६४ लाख नयाँ राहदानी छपाइका लागि दुई नयाँ कम्पनीलाई प्याकेज १ र प्याकेज २ अन्तर्गत छनोट गरी राहदानी छपाइको प्रक्रिया अघि बढाएको हो।

प्याकेज १ अन्तर्गत प्रिइनरोलमेन्ट, इनरोलमेन्ट डाटा म्यानेजमेन्ट र डेलिभरी सिस्टमको ठेक्का जर्मन कम्पनी म्युहलबाउर आइडी सर्भिसलाई एक अर्ब ५५ करोडमा दिइएको छ।

advertisement

प्याकेज २ को ठेक्का पनि जर्मनीकै भेरिडास कम्पनीलाई छ अर्ब ११ करोडमा प्रदान गरिएको छ। दुई कम्पनीसँग छुट्टाछुट्टै सम्झौताको तयारी भएकोमा प्याकेज २ को भेरिडाससँग सोमबार हस्ताक्षर भएको विभागले जनाएको छ। प्याकेज १ को कम्पनीसँग एकरदुई दिनभित्र सम्झौताको तयारी छ।

विभागका महानिर्देशक तीर्थ अर्यालले पहिलेको कम्पनीको सम्झौता अवधि सकिएकाले नयाँ छपाइका लागि दुई कम्पनी प्रतिस्पर्धात्मक बोलपत्रमार्फत छनोट भएको जानकारी दिए। जर्मनीकै दुई वटा कम्पनी छनोट हुँदा हाल काम गरिरहेको कम्पनीले नपाएपछि पुनरवलोकसँगै विवादको अवस्था पनि सिर्जना भएको थियो।

सन् २०२० मा २० लाख विद्युतीय राहदानी छपाइका लागि छनोट भएको आइडिमियाले पटक पटक म्याद थप गरेर ५० लाखभन्दा बढी राहदानी छापिसकेको छ। थोरै मात्र राहदानी मौज्दात रहेकाले छिटो नयाँ राहदानी छपाइ गर्नुपर्ने दबाब विभागलाई आइपरेको छ। सर्त अनुसार सम्झौता गरेको २१० दिनभित्रमा छनोट भएका कम्पनीले राहदानी छपाइ गरेर विभागलाई दिनुपर्ने हुन्छ।

 

प्रकाशित मिति: १५ श्रावण २०८२, बिहिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com