काठमाडौं ।  प्रधानमन्त्री केपी शर्मा ओलीले ‘सबैको जीवन खीरजस्तै मिठासपूर्ण होस्’ भनी साउन १५ को शुभकामना दिएका छन् ।

आज साउन १५ को दिन नेपाली समाजमा खीर खाने चलन छ । यही सन्दर्भमा प्रधानमन्त्री ओलीले फेसबुकमा लेखेका छन्, ‘जसरी खीरलाई मिठासपूर्ण परिकारको रूपमा लिइन्छ, त्यसैगरी यस पर्वले नेपाली समाजको संस्कृति, सौहार्दता र सामूहिकताको मिठास बोकेको छ । शुभ साउन १५ १ सबैको जीवन खीरजस्तै मिठासपूर्ण होस् ! ’

advertisement

हाम्रा पूर्वजहरूले रोपाइँ सकेर साउन १५ को पर्व मनाउन सुरु गरेको प्रधानमन्त्री ओलीले स्मरण गरेका छन् । पशुपालनको पुरानो संस्कृतिसँग यस पर्वको साइनो गाँसिएको पनि उनले उल्लेख गरेका छन् ।

 

प्रकाशित मिति: १५ श्रावण २०८२, बिहिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com