काठमाडौं । संघीय सरकारका मन्त्री हेरफेरबारे छलफल गर्न प्रधानमन्त्री केपी शर्मा ओली र प्रमुख सत्ता साझेदार दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच बिहीबार भेतवार्ता हुँदैछ।

प्रधानमन्त्री ओलीले सरकारले एक वर्ष समय गुजारेपछि मन्त्रिपरिषदमा उल्लेख्य फेरबदलको तयारी गरेका छन्। यसअघि नै मन्त्री फेर्न चाहे पनि कांग्रेसले नमान्दा सम्भव हुन सकिरहेको थिएन। कमजोर कार्यसम्पादन भएका मन्त्रीबारे यसअघि नै ओलीले कांग्रेससँग एक चरण कुराकानी गरिसकेका छन्। तर, एमाले मन्त्रीको सेट नै फेर्ने मनशायमा रहँदा कांग्रेसले भने सबै मन्त्री फेर्ने पक्षमा छैन।

advertisement

पछिल्लो समय भने कांग्रेस गृहमन्त्री रमेश लेखक र परराष्ट्रमन्त्री डा। आरजु राणा देउवा र एमाले अर्थमन्त्री विष्णु पौडेल र सञ्चारमन्त्री पृथ्वी सुब्बा गुरुङ बाहेकका मन्त्री फेर्न तयार भएको स्रोतले बताएको छ। छोटो समय मात्र भएकाले शिक्षामन्त्री रघुजी पन्त र संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री भगवती न्यौपानेको मन्त्री पद पनि यथावत् रहनेछ।

केही दिनअघि मात्र लोकतान्त्रिक समाजवादीका अध्यक्ष महन्थ ठाकुरले समेत आफ्नो पार्टीबाट सरकारमा सहभागी श्रममन्त्री शरदसिंह भण्डारीलाई पदमुक्त गर्न पत्र पठाएका थिए।

प्रकाशित मिति: १५ श्रावण २०८२, बिहिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com