काठमाडाैं  ।  धनुषा जिल्लामा एक किशोरीको हत्या अभियोगमा एक युवकलाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ परेका व्यक्ति रामबाबु साहलाई मधेस प्रदेश प्रहरीको टोलीले बिहीबार राति जनकपुरधाम उपमहानगरपालिका-१६ महेन्द्रनगरस्थित इच्छापुर टोलबाट नियन्त्रणमा लिएको हो।

प्रहरीका अनुसार साह एक घरमा लुकेर बसेको सुराकीका आधारमा छापा मारेर पक्राउ गरिएको हो। उनलाई हाल जिल्ला प्रहरी कार्यालय धनुषामा राखेर विस्तृत अनुसन्धान भइरहेको छ।

advertisement

गत मंगलबार साहले आशा यादवसँग भएको विवादका क्रममा खुकुरी प्रहार गरेका थिए। उक्त घटनामा आशाकी १४ वर्षीया छोरी अञ्जली यादवको घटनास्थलमै मृत्यु भएको थियो। त्यस हमलामा ३६ वर्षीया आशा यादव र उनकी भतिजी राधा यादव घाइते भएका थिए ।

प्रहरी अनुसन्धानले साह यसअघि पनि आफ्नै श्रीमतीको हत्या आरोपमा जेल बसेर छुटेको पृष्ठभूमि रहेको खुलाएको छ। घटनाको गम्भीरताका कारण अनुसन्धानलाई प्राथमिकता दिइएको मधेस प्रदेश प्रहरी कार्यालयले जनाएको छ।

प्रकाशित मिति: १५ श्रावण २०८२, बिहिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com