काठमाडौं । धर्मेन्द्र बास्तोला (कञ्चन) नेतृत्वको नेकपा बहुमतले पार्टीभित्र अनुशासन उल्लंघन तथा गुटबन्दीको आरोपमा दुई नेतालाई निष्कासन गरेको छ।
पार्टी महासचिव कञ्चनद्वारा जारी गरिएको प्रेस विज्ञप्तिमा पोलिटब्युरो सदस्य पूर्ण विक (रक्तिम) र केन्द्रीय सदस्य शरद रसाइलीलाई साधारण सदस्यसमेत नरहने गरी पार्टीबाट निष्कासन गरिएको उल्लेख छ।
विज्ञप्तिमा भनिएको छ, “दुवै नेताले पार्टीभित्र चरम गुटबन्दी र पार्टी विरोधी गतिविधि गरेको पुष्टि भएको हुँदा पार्टीको अनुशासन अनुसार कारबाही गरिएको हो।”
नेकपा बहुमतले संगठनात्मक एकता र अनुशासनलाई बलियो बनाउन आवश्यक कदमस्वरूप यो निर्णय लिएको स्पष्ट पारेको छ।
प्रकाशित मिति: १५ श्रावण २०८२, बिहिबार












प्रतिक्रिया