काठमाडौं । उपप्रधान तथा सहरी विकासमन्त्री प्रकाशमान सिंहले नेपाली कांग्रेस र नेकपा एमालेबीच भएको सातबुँदे सहमतिका कारण मुलुकमा राजनीतिक स्थायित्वको वातावरण बन्न थालेको बताएका छन्।

बिहीबार नेपाली कांग्रेस रामेछापले आयोजना गरेको कार्यक्रममा बोल्दै नेता सिंहले विगतमा ६–६ महिनामा सरकार परिवर्तन हुने अवस्था रहे पनि पछिल्लो सहमतिले त्यस्तो अवस्था अन्त्य भएको बताए।

advertisement

‘हामी केवल सत्तामा जान वा मन्त्री–प्रधानमन्त्री बन्नका लागि सातबुँदे सहमति गरेका होइनौं,’ सिंहले स्पष्ट पारे, ‘यो सहमति राजनीतिक स्थायित्व, विकास र जनताप्रति उत्तरदायी शासन प्रणाली स्थापनाको लागि गरिएको हो।’

कांग्रेसका वरिष्ठ नेता समेत रहेका सिंहले पार्टीलाई विधि, प्रक्रिया र सिद्धान्तअनुसार संस्थागत गर्दै मजबुत बनाउँदै लैजानुपर्ने आवश्यकता औंल्याए। उनले पार्टीलाई भविष्यका चुनौतीहरूसँग जुध्न सक्षम बनाउने गरी नेतृत्व विकास गर्नुपर्नेमा जोड दिए।

‘मैले पार्टी सभापति र प्रधानमन्त्रीबाहेकका सबै जिम्मेवारी बहन गरिसकेको छु,’ सिंहले भने, ‘अब ती अनुभवलाई सबैसँग बाँडेर पार्टीलाई अझ सुदृढ बनाउन म लागिपर्नेछु।’

उनको भनाइमा, कांग्रेसले सुशासन, लोकतन्त्र र समावेशी राजनीतिका आधारमा मुलुकलाई अगाडि बढाउने जिम्मेवारी बहन गर्नुपर्छ, र त्यसका लागि सबै नेता–कार्यकर्ता एकजुट हुन आवश्यक छ।

प्रकाशित मिति: १५ श्रावण २०८२, बिहिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com