काठमाडौँ  ।  उपप्रधानमन्त्री तथा सहरी विकास मन्त्री प्रकाशमान सिंहले नेपाली कांग्रेस र एमालेबीच भएको सातबुँदे सहमतिले मुलुकमा राजनीतिक स्थायित्वको वातावरण निर्माण भइरहेको बताएका छन्। बिहीबार रामेछापमा आयोजित नेपाली कांग्रेसको कार्यक्रममा बोल्दै उनले बारम्बार सरकार परिवर्तन हुने अवस्थाको अन्त्य अहिलेको सहमतिबाट सम्भव भएको उल्लेख गरे।

“यो सहमति सत्ताका लागि मात्र होइन, मुलुकमा स्थिरता र सुशासनका लागि हो,” सिंहले भने, “हामी प्रधानमन्त्री वा मन्त्री बन्नकै लागि यो सहमति गरेका होइनौं।”

advertisement

कांग्रेसका वरिष्ठ नेता समेत रहेका सिंहले पार्टीलाई विधि र प्रक्रियाअनुसार संस्थागत रूपमा अघि बढाउनु जरुरी रहेको धारणा राखे। उनले कांग्रेसले सामना गरिरहेका चुनौतीहरूको सामना गर्न सशक्त नेतृत्व आवश्यक रहेको बताए।

पार्टीभित्र नेतृत्वदायी भूमिकाको चर्चा गर्दै सिंहले आफू पार्टी सभापति र प्रधानमन्त्री बाहेक सबै जिम्मेवारीमा रहीसकेको स्मरण गरे। “अब मसँगको अनुभव पार्टीका लागि लगानी गर्छु,” उनले भने, “पार्टीलाई बलियो बनाउन सबैलाई साथ लिएर अघि बढ्छु।

प्रकाशित मिति: १५ श्रावण २०८२, बिहिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com