काठमाडौं । अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पले क्यानडाले प्यालेस्टाइनलाई राष्ट्रको मान्यता दिने योजनाले अमेरिका–क्यानडा व्यापार सम्झौतामा गम्भीर असर पार्न सक्ने चेतावनी दिएका छन्।

फ्रान्स र बेलायतपछि क्यानडाले पनि प्यालेस्टाइनलाई स्वतन्त्र राष्ट्रको रुपमा मान्यता दिने तयारी गरिरहेको छ। यही सन्दर्भमा ट्रम्पले सामाजिक सञ्जाल ट्रुथ सोसियलमार्फत प्रतिक्रिया दिँदै भने, “क्यानडाले यस्तो निर्णय लिँदा उनीहरूसँग व्यापार सम्झौता गर्नु हामीलाई निकै कठिन हुनेछ।”

advertisement

उनले आगामी अगस्ट १ सम्म कुनै देशले अमेरिका–व्यापार सम्झौतामा सहमति जनाएन भने ती देशहरूले उच्च भन्सार शुल्क भोग्नुपर्ने चेतावनी पनि दिएका छन्।

यसअघि क्यानडाका प्रधानमन्त्री मार्क कार्नीले सेप्टेम्बरसम्म प्यालेस्टाइनलाई राष्ट्रको मान्यता दिने तयारी रहेको बताएका थिए। उनले यो प्रक्रिया लोकतान्त्रिक सुधारहरूमा आधारित हुने र त्यसमा हमासको सहभागिता नरहेको अवस्थामात्रै अघि बढाइने स्पष्ट पारेका छन्।

कार्नीका अनुसार, प्यालेस्टिनी प्राधिकरणले हमास विना आमनिर्वाचनको आयोजना गर्ने प्रतिबद्धता जनाएमा मात्रै क्यानडाले राष्ट्र मान्यता दिने योजना अघि बढाउनेछ।

प्रकाशित मिति: १५ श्रावण २०८२, बिहिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com