काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री तथा सरकारका प्रवक्ता पृथ्वीसुब्बा गुरुङले मन्त्रिपरिषद् पुनर्गठनको सम्भावनाबारे संकेत गरेका छन्। बिहीबार आयोजित पत्रकार सम्मेलनमा उनले सत्तारुढ गठबन्धनभित्र सहमति बने फेरबदलको प्रक्रिया अघि बढ्ने स्पष्ट पारे।
मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा मन्त्री गुरुङले पछिल्लो १३ महिनादेखि मन्त्रिपरिषद् पुनर्गठन नभएको भन्दै यसप्रति आम चासो बढ्नु स्वाभाविक भएको बताए। “हामीकहाँ सामान्यतया २–३ महिनामा फेरबदल हुने चलन छ, तर १३ महिनादेखि कुनै हेरफेर नभएको अवस्थामा चासो हुनु अस्वाभाविक होइन,” उनले पत्रकारको प्रश्नमा जवाफ दिँदै भने।
उनका अनुसार, पुनर्गठनको लागि नेपाली कांग्रेस र नेकपा एमालेबीचको राजनीतिक संयन्त्रमा आवश्यक सहमति हुनु जरुरी छ। सहमति जुटेपछि मात्रै प्रक्रिया अगाडि बढ्ने उनले बताए। मन्त्री गुरुङले वर्तमान मन्त्रीहरूको कार्यसम्पादनको मूल्याङ्कनपश्चात् सम्वद्ध दलहरूबीच छलफल गरी आवश्यक निर्णय लिइने धारणा राखे।
पत्रकार सम्मेलनमा उनले साउन १२ गते बसेको मन्त्रिपरिषद् बैठकका १८ वटा निर्णय सार्वजनिक गरेका थिए। उक्त बैठकमा विभिन्न नीतिगत निर्णयहरू लिइएको जानकारी उनले दिए।
प्रकाशित मिति: १५ श्रावण २०८२, बिहिबार












प्रतिक्रिया