काठमाडाैं ।  रुपन्देहीको भैरहवास्थित मार्गदर्शन बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडबाट करिब ६ करोड रुपैयाँ अपचलन गरेर ६ वर्षदेखि फरार रहेका अध्यक्ष अशोक केसीलाई प्रहरीले भक्तपुरबाट पक्राउ गरेको छ।

जिल्ला प्रहरी कार्यालय, रुपन्देहीका प्रहरी नायब उपरीक्षक (डीएसपी) गणेश सापकोटाका अनुसार केसीले शेयरधनी तथा बचतकर्ताको कुल ५ करोड ९० लाख ८४ हजार १ सय ६५ रुपैयाँ ७६ पैसा हिनामिना गरेका थिए। २०७८ सालमा ठगी तथा सहकारी ठगी सम्बन्धी कसूरमा उनीविरुद्ध मुद्दा दर्ता भएपछि फरार रहेका थिए।

advertisement

केसी दोलखा जिल्लाको साविक डाँडाखर्क गाविस–७ (हाल मेलुङ गाउँपालिका–६) निवासी ३४ वर्षीय हुन्। उनी सिद्धार्थनगर नगरपालिका–५, मैत्रीपथस्थित सहकारीका तत्कालीन अध्यक्ष थिए।

प्रहरीका अनुसार मुद्दा दर्ता भएलगत्तै रुपन्देही जिल्ला अदालतबाट पक्राउ अनुमति लिइए पनि उनी लामो समयसम्म फरार थिए। तर, साउन १४ गते प्रहरी वृत्त ठिमी, भक्तपुरसँगको सहकार्यमा मध्यपुर ठिमी नगरपालिका–३, गठ्ठाघरबाट पक्राउ गरी रुपन्देही ल्याइएको हो।

हाल केसीलाई रुपन्देही जिल्ला अदालतमा पेश गरेर म्याद थप गरिएको छ। डीएसपी सापकोटाका अनुसार अपचलन प्रकरणपछि मार्गदर्शन सहकारी बन्द अवस्थामा रहेको छ।

प्रकाशित मिति: १५ श्रावण २०८२, बिहिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com