काठमाडौं । गृहमन्त्री रमेश लेखक र नेपालस्थित संयुक्त राष्ट्रसंघीय आवासीय संयोजक हाना सिंगर हाम्डीबीच भेटवार्ता भएको छ। बिहीबार गृह मन्त्रालय, सिंहदरबारमा सम्पन्न उक्त भेटमा नेपालको शान्ति प्रक्रिया र विपद् व्यवस्थापनका विविध पक्षमा छलफल गरिएको हो।

संयुक्त राष्ट्रसंघीय संयोजक सिंगरले नेपालको संक्रमणकालीन न्याय प्रक्रिया विशेषतः सत्य निरूपण तथा मेलमिलाप आयोगमार्फत अगाडि बढिरहेको कामप्रति चासो व्यक्त गर्दै बाँकी कामहरू समयमै टुंग्याउनुपर्नेमा जोड दिइन्। साथै, उनले शान्ति प्रक्रिया टुंग्याउने सरकारी प्रयासप्रति सकारात्मक धारणा राख्दै विपद् व्यवस्थापनमा संयुक्त राष्ट्रसंघले निरन्तर सहकार्य गर्ने प्रतिबद्धता जनाइन्।

advertisement

गृहमन्त्री लेखकले सत्य निरूपण तथा मेलमिलाप आयोगमार्फत शान्ति प्रक्रिया निष्कर्षमा पुर्‍याउन सरकार प्रतिवद्ध भएर लागेको जानकारी दिए। उनले विगतमा संयुक्त राष्ट्रसंघले विपद् व्यवस्थापनमा गरेको सहयोगप्रति धन्यवाद ज्ञापन गर्दै आगामी दिनमा थप सहयोग र सहकार्यको अपेक्षा पनि व्यक्त गरे।

भेटमा द्विपक्षीय सहकार्यलाई अझ मजबुत बनाउने विषयमा पनि छलफल भएको गृह मन्त्रालयले जनाएको छ।

प्रकाशित मिति: १५ श्रावण २०८२, बिहिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com