काठमाडौं । नेकपा माओवादी केन्द्रको स्थायी समिति बैठक शुक्रबार शुरु हुँदैछ । बैठक पार्टी कार्यालय कोटेश्वर पेरिसडाँडामा दिउँसो १ बजे शुरु हुने पार्टी सचिव लीलामणि पोखरेलले जानकारी दिए।

चार दिन चल्ने बैठकमा अध्यक्ष पुष्पकमल दाहालले वर्तमान परिस्थितिबारे ‘ब्रिफिङ’ गर्ने, मध्य पहाडी जागरण अभियानलाई निरन्तरता दिनेबारे छलफल, नेकपा एकीकृत समाजवादीसँगको पार्टी एकताका विषयका साथै केन्द्रीय समितिको मिति तय गर्नेलगायतका एजेण्डा तय गरिएको छ। यस्तै पार्टीभित्र नेतृत्व परिवर्तन र विशेष महाधिवेशनको विषयमा उपमहासचिव जनार्दन शर्माले अन्तरसंघर्ष चलाइरहेको अवस्थामा यसबारे समेत बैठकमा छलफल हुनेछ ।

advertisement

साउन १४ गते बसेको पदाधिकारी बैठकमा शर्मा लगायत पार्टीको नेतृत्वमाथि प्रश्न उठाउनेहरूमाथि कारबाही गर्नुपर्ने विषय समेत उठेको थियो। शर्मा, सुदन किरातीलगायत नेताले पार्टीलाई वैचारिक रूपमा सबल बनाउँदै युवा पुस्तामा नेतृत्व ल्याउनुपर्ने बताउँदै आएका छन् । केही दिनअघि मात्र शर्मा र अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच सार्वजनिक आरोप प्रत्यारोप नै चलेको थियो। तर, प्रचण्डले भने पार्टीका सबै असन्तुष्टि हल भइसकेको दाबी गर्दै आएका छन्।

 

प्रकाशित मिति: १६ श्रावण २०८२, शुक्रबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com