काठमाडौं । नेपाली बजारमा शुक्रबार सुनको मूल्य ५०० रुपैयाँ घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुन तोलामा १ लाख ९३ हजार १ सय रुपैयाँ कायम भएको छ । बिहीबार तोलामा १ लाख ९३ हजार ६०० रुपैयाँ कायम थियो ।
यस्तै चाँदीको मूल्य पनि घटेको छ । बिहीबार तोलामा २ हजार २७० रुपैयाँ कायम भएको चाँदीको मूल्य शुक्रबार घटेर तोलामा २ हजार २३५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।
प्रकाशित मिति: १६ श्रावण २०८२, शुक्रबार













प्रतिक्रिया