काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले पार्टी नेतृत्व र नागरिकबीच प्रत्यक्ष संवादको संस्कार विकास गर्ने उद्देश्यका साथ ‘खुला आँगन कार्यक्रम’ सुरु गर्ने भएको छ।

पार्टीका महासचिव कविन्द्र बुर्लाकोटीका अनुसार यो कार्यक्रममार्फत पार्टी सदस्य, शुभेच्छुक तथा आम नागरिकबीच राष्ट्र निर्माणसँग सम्बन्धित विषयहरूमा विचार आदानप्रदान, छलफल र संवाद हुने छ।

advertisement

कार्यक्रम आजैदेखि सुरु हुँदैछ र प्रत्येक दिन अपराह्न ४ देखि ६ बजेसम्म रास्वपाको केन्द्रीय कार्यालय, वनस्थलीमा सञ्चालन गरिनेछ।

खुला आँगन कार्यक्रम अन्तर्गत पार्टी केन्द्रीय समितिका पदाधिकारी तथा सदस्यहरूले उपस्थित जनसमुदायसँग प्रत्यक्ष संवाद गर्नेछन्। यसमार्फत आम नागरिक तथा कार्यकर्ताहरूले आफ्ना सुझाव, जिज्ञासा तथा विचारहरू सिधै पार्टी नेतृत्वसँग राख्न सक्ने अवसर पाउनेछन्।

आजको कार्यक्रममा पार्टीका कार्यवाहक सभापति डोलप्रसाद अर्याल, महासचिव कविन्द्र बुर्लाकोटी, सहमहासचिव विपिनकुमार आचार्य, सहप्रवक्ता रमेश प्रसाईलगायत नेताहरूको उपस्थिति रहनेछ।

रास्वपाले सबै सदस्य, शुभचिन्तक तथा सरोकारवाला नागरिकहरूलाई खुला आँगन कार्यक्रममा सक्रिय सहभागी भई आफ्नो मत, प्रश्न र सुझाव राख्न आग्रह गरेको छ।

पार्टीको भनाइमा, यस्तो कार्यक्रमले जनतासँगको दूरी घटाउँदै पारदर्शिता र उत्तरदायित्वमा आधारित राजनीतिक संस्कारको विकास गर्ने विश्वास गरिएको छ।

प्रकाशित मिति: १६ श्रावण २०८२, शुक्रबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com