काठमाडौं । नेपाल प्रहरीले इन्टरनेट जडान वा ब्यालेन्स नभएको अवस्थामा पनि आफ्ना वेबसाइट तथा मोबाइल एप प्रयोग गर्न सकिने सुविधा सार्वजनिक गरेको छ।
अबदेखि नेपाल टेलिकम (NTC) र एनसेल आजियाटा लिमिटेड (Ncell) का प्रयोगकर्ताहरूले प्रहरीको वेबसाइट र मोबाइल एप निःशुल्क तथा शून्य ब्यालेन्समै प्रयोग गर्न सक्नेछन्। प्रहरीको डोमेन र उपडोमेनमा उपलब्ध सेवा तथा सूचनाहरू नागरिकले कुनै डाटा चार्ज नतिरी पहुँच गर्न सक्ने व्यवस्था गरिएको हो।
नेपाल प्रहरीले शुक्रबार जानकारी दिँदै नागरिकलाई सहज सेवा उपलब्ध गराउन यस्तो पहल गरिएको जनाएको छ। यसबाट आपत्कालीन वा आवश्यक अवस्थाहरूमा नागरिकले प्रहरी सेवामा सरल पहुँच प्राप्त गर्ने विश्वास गरिएको छ।

प्रकाशित मिति: १६ श्रावण २०८२, शुक्रबार












प्रतिक्रिया