काठमाडौं । पाकिस्तानमा पूर्वप्रधानमन्त्री इमरान खान नेतृत्वको पार्टी पाकिस्तान तहरीक–ए–इन्साफ (पीटीआई) का १०८ नेताहरूलाई जेल सजाय सुनाइएको छ। सन् २०२३ मा सेनाविरुद्ध भएको विरोध प्रदर्शनमा संलग्न रहेको आरोपमा उनीहरूलाई सजाय सुनाइएको हो।

गत वर्ष मे २०२३ मा इमरान खानलाई भ्रष्टाचारसम्बन्धी मुद्दामा अदालतमा उपस्थित हुन गएका बेला सुरक्षा बलले पक्राउ गरेपछि देशभर हिंसात्मक प्रदर्शनहरू भएका थिए। सोही घटनासँग सम्बन्धित अभियोगमा उनीहरूलाई कारबाही गरिएको हो।

advertisement

बिहीबार सुनाइएको यो फैसला इमरान खानको पार्टीका लागि ठूलो राजनीतिक झट्काको रूपमा हेरिएको छ। सजाय पाउनेहरूमध्ये पाकिस्तानको राष्ट्रिय सभाका विपक्षी नेता उमर अयुब खानलाई १० वर्षको जेल सजाय सुनाइएको छ।

यसबाहेक, पीटीआईका ६ जना सांसदहरूलाई अयोग्य ठहर गर्दै पदच्युतसमेत गरिएको छ।

आतंकवादविरोधी अदालतबाट सुनाइएको उक्त फैसलाको विपक्षी नेताहरूले कडा आलोचना गरेका छन्। उनीहरूले अदालतको निर्णयलाई राजनीतिक प्रतिशोधको रूपमा लिएको आरोप लगाएका छन्।

इमरान खान स्वयं पनि अहिले जेलमा छन्, र उनको पार्टीमाथि पछिल्लो समय लगातार दमन बढ्दै गएको आरोप लाग्दै आएको छ।

प्रकाशित मिति: १६ श्रावण २०८२, शुक्रबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com