काठमाडौं । युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले दशौं राष्ट्रिय खेलकुद प्रतियोगिताको मिति सक्दो चाँडो सार्वजनिक गरिने बताएका छन्।
शुक्रबार सिंहदरबारस्थित मन्त्रालयमा आयोजित एक वर्षे कार्यसम्पादन तथा नीतिगत सुधार सार्वजनिक कार्यक्रममा बोल्दै मन्त्री चौधरीले मिति निर्धारण प्रक्रियालाई प्राथमिकतामा राखिएको जानकारी दिए।
उनका अनुसार प्रधानमन्त्री केपी शर्मा ओलीले पनि राष्ट्रिय खेलकुदको मिति छिटो टुंगो लगाउन निर्देशन दिइसकेका छन्।
दशौं राष्ट्रिय खेलकुदको मिति यसअघि तीन पटक परिवर्तन भइसकेको छ। प्रारम्भमा मंसिर महिनामा हुने भनिएको प्रतियोगिता पछि चैत मा सारियो। त्यसपछिको मिति जेठ मा तोकिए पनि प्रतियोगिता हुन सकेको थिएन।
मन्त्री चौधरीले अब प्रतियोगिता ढिलो नगराई नियत समयमा सम्पन्न गराउने तयारी भइरहेको स्पष्ट पारे।
प्रकाशित मिति: १६ श्रावण २०८२, शुक्रबार












प्रतिक्रिया