काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल आउँदो मंसिरमा अल्पविकसित राष्ट्रबाट विकासशील राष्ट्रमा स्तरोन्नति हुने दाबी गरेका छन्।
बागमती प्रदेश पूर्ण खोप घोषणा तथा बागमती डिजिटल हेल्थ कार्यक्रमको शुभारम्भ समारोहलाई सम्बोधन गर्दै उनले नेपाललाई समृद्ध र आधुनिक राष्ट्र बनाउने दिशामा सरकारले ठोस काम गरिरहेको बताए।
प्रधानमन्त्री ओलीले भने, “हामी सुशासन र स्वच्छता कायम भएको, जनता सुखी भएको, समृद्ध र आधुनिक नेपाल निर्माण गर्न चाहन्छौं। यसभन्दा पवित्र उद्देश्य अरू हुन सक्दैन।”
उनले थपे, “हामी अब अल्पविकसित राष्ट्रबाट विकासशील राष्ट्रमा स्तरोन्नति हुँदैछौं। आउँदो होइन, अर्को मंसिर ८३ गते नेपालले विकासशील राष्ट्रको मान्यता पाउनेछ।”
प्रधानमन्त्रीले सरकारको योजनाबद्ध प्रयासका कारण यस्तो सम्भव भएको उल्लेख गरे।
प्रकाशित मिति: १६ श्रावण २०८२, शुक्रबार












प्रतिक्रिया