काठमाडौं । सरकारले सवारी चालक अनुमतिपत्र (लाइसेन्स) को बहाल अवधि १० वर्ष कायम गरेको छ। यसअघि ५ वर्षको अवधि रहेको लाइसेन्स अब १० वर्षसम्म मान्य हुने व्यवस्था गरिएको हो।
सवारी तथा यातायात व्यवस्था ऐन, २०४९ को दफा ५४ को उपदफा ३ संशोधन गरी लाइसेन्सको अवधि बढाइएको हो। यसबारे व्यवस्था समेटिएको विधेयक हालै राजपत्रमा प्रकाशित गरिएको छ।
संशोधनअनुसार लाइसेन्सको नवीकरणबाट मान्य हुने अवधि पनि १० वर्ष हुनेछ। यसअघि नवीकरण गर्दा लाइसेन्सको मान्यता ५ वर्षका लागि हुने गर्थ्यो।
नयाँ कानुनी व्यवस्थाले सवारी जाँचपास तथा प्रदूषण परीक्षण केन्द्र सञ्चालनमा निजी क्षेत्रलाई पनि सहभागी हुन दिने प्रावधान गरेको छ।
प्रकाशित मिति: १६ श्रावण २०८२, शुक्रबार












प्रतिक्रिया