काठमाडौं ।   सरकारले सवारी चालक अनुमतिपत्र (लाइसेन्स) को बहाल अवधि १० वर्ष कायम गरेको छ। यसअघि ५ वर्षको अवधि रहेको लाइसेन्स अब १० वर्षसम्म मान्य हुने व्यवस्था गरिएको हो।

सवारी तथा यातायात व्यवस्था ऐन, २०४९ को दफा ५४ को उपदफा ३ संशोधन गरी लाइसेन्सको अवधि बढाइएको हो। यसबारे व्यवस्था समेटिएको विधेयक हालै राजपत्रमा प्रकाशित गरिएको छ।

advertisement

संशोधनअनुसार लाइसेन्सको नवीकरणबाट मान्य हुने अवधि पनि १० वर्ष हुनेछ। यसअघि नवीकरण गर्दा लाइसेन्सको मान्यता ५ वर्षका लागि हुने गर्थ्यो।

नयाँ कानुनी व्यवस्थाले सवारी जाँचपास तथा प्रदूषण परीक्षण केन्द्र सञ्चालनमा निजी क्षेत्रलाई पनि सहभागी हुन दिने प्रावधान गरेको छ।

प्रकाशित मिति: १६ श्रावण २०८२, शुक्रबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com