काठमाडौं ।  नेकपा माओवादी केन्द्रले पूर्वमाओवादी दलसँग पार्टी एकताको छलफल जारी राखे पनि डा. बाबुराम भट्टराई नेतृत्वको दलसँग कुनै एकताको तयारी वा छलफल नरहेको जनाएको छ।

पार्टी प्रवक्ता अग्नि सापकोटाले शुक्रबार पेरिसडाँडामा बसेको स्थायी कमिटी बैठकपछि पत्रकारहरूसँग कुरा गर्दै भने, “डा. बाबुराम भट्टराई कम्युनिस्ट काम छैन भनेर नयाँ शक्तिमा गएका हुनाले उहाँसँग पार्टी एकता गर्ने कुनै चर्चा छैन।”

advertisement

सापकोटाले भने कि माओवादी केन्द्रले माओवादी धाराका अन्य सबै घटकसँग एकता प्रयास गरिरहेको छ। नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको दल र नेकपा एकीकृत समाजवादीसँगको छलफल सकारात्मक रहेको र निकट भविष्यमा एकता हुनसक्ने सम्भावना रहेको बताए।

साथै उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी र रिजवान अन्सारी नेतृत्वको दललाई समाजवादी मोर्चामा समावेश गर्ने विषयमा पनि छलफल भइरहेको उनले बताए।

सापकोटाले नेकपा एकीकृत समाजवादीसँगको छलफल विगतभन्दा घनिष्ट भएको र अध्यक्षले पनि यसलाई आशावादी रुपमा हेरिरहेको बताए। उनले झलनाथ खनालको भनाइलाई पार्टीको संस्थागत निर्णयभन्दा अलग व्यक्तिगत विचार भएको पनि स्पष्ट पारे।

प्रकाशित मिति: १६ श्रावण २०८२, शुक्रबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com