सिन्धुली ।   सिन्धुलीको हरिहरपुरगढी गाउँपालिका–१ बस्तीपुरमा पहिरोले रुख ढल्दा दुई जनाको ज्यान गएको छ भने तीन जना घाइते भएका छन्।

जिल्ला प्रहरी कार्यालय सिन्धुलीका अनुसार शुक्रबार दिउँसो पानी परिरहेको बेला सालको रुख टहरामाथि खसेपछि उक्त घटना भएको हो। टहरामा ओत लागिरहेका ९ वर्षीय सार्की थिङ र १६ वर्षीया शन्ता गोलेको घटनास्थलमै मृत्यु भएको प्रहरी नायब उपरीक्षक (डीएसपी) सूर्यप्रकाश सुवेदीले जानकारी दिए।

advertisement

घटनामा १४ वर्षीया सिर्जना माया, १५ वर्षीया सन्ध्या भोलन र ७ वर्षीय सुशील थिङ घाइते भएका छन्। उनीहरूलाई तत्काल उद्धार गरी उपचारका लागि हेटौंडा अस्पताल पठाइएको प्रहरीले जनाएको छ।

अत्यधिक वर्षासँगै पहिरोका कारण रुख ढलेको प्रारम्भिक अनुमान गरिएको छ। प्रहरी टोली घटनास्थलमा खटिएको छ।

प्रकाशित मिति: १६ श्रावण २०८२, शुक्रबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com