काठमाडौं ।  नेकपा एमालेका महासचिव शंकर पोखरेलले एमाले पार्टी विभाजन गर्ने नेताहरू अहिले पश्चातापमा रहेको बताएका छन्।

शुक्रबार ललितपुरस्थित च्यासल पार्टी कार्यालयमा आयोजित पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै पोखरेलले विगतमा एमाले विभाजन गरेर नयाँ विकल्प खोज्ने नेताहरूमा अहिले निराशा र हताशा देखिएको दाबी गरे।

advertisement

“जुन नेताहरूले हिजो एमाले विभाजन गरेर विकल्पमा पार्टी बनाउँछौं भन्ने ठानेका थिए, आज उनीहरू एक प्रकारको निराशा र हतासामा छन्। कतिपय नेताहरूले पार्टी फुटाउनु गल्ती थियो भन्ने अभिव्यक्ति दिइरहेका छन्,” उनले भने।

पोखरेलले विभाजनको कारण एमाले जनताको रोजाइको पहिलो पार्टी हुँदाहुँदै पनि दोस्रो स्थानमा झरेको उल्लेख गरे। उनले विभाजनकारी अभियान असफल भएको दाबी गर्दै पार्टी छाडेर गएकाहरूलाई पुनः ‘आफ्नो घर फर्कन’ आग्रह गरे।

कार्यक्रममा नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) का पेशागत महासंघ बागमती प्रदेशका कार्यवाहक अध्यक्ष डा. लछी सिंह, मकवानपुर इन्द्रसरोवर गाउँपालिकाका अध्यक्ष मनबहादुर स्याङ्तान, उपाध्यक्ष गुणराज रुम्बा र उपसचिव उमेश बस्नेत लगायत नेताहरू एमालेमा प्रवेश गरेका छन्।

 

प्रकाशित मिति: १६ श्रावण २०८२, शुक्रबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com