काठमाडौं । रौतहटको ईशनाथ नगरपालिका–२ स्थित बनाना रिसोर्टमा आज बिहान पौने ४ बजे भीषण आगलागी भएको छ। आगलागीका कारण रिसोर्टमा रहेको सम्पूर्ण सरसामान जलेर नष्ट भएको छ।

रिसोर्टका सञ्चालक राकेस गुप्ताका अनुसार आगलागीबाट करिब ४० लाख रुपैयाँ बराबरको क्षति पुगेको अनुमान गरिएको छ। उक्त रिसोर्ट नेपाल सरकार तथा जौहरीमाई कृषि तथा सहकारी संस्थाका साझेदारी लगानीमा निर्माण गरिएको हो। निर्माण खर्चमध्ये आधा नेपाल सरकार र आधा निजी लगानी रहेको थियो।

advertisement

आगलागीमा परेर करीब १५ लाख रुपैयाँ बराबरको कृषि उपकरणहरू, खाद्यान्न, फर्निचर, फ्रिज, इलेक्ट्रोनिक सामग्री लगायतका बहुमूल्य सामान जलेर पूर्ण रूपमा नष्ट भएका छन्।

घटनाको जानकारी पाएलगत्तै स्थानीय सशस्त्र प्रहरी बल बीओपीका औरैयाका इन्चार्ज इन्स्पेक्टर सुशील सिंह, ईशनाथ प्रहरी चौकीको टोली ,नगरपालिकाको दमकल टोली र स्थानीयहरू घटनास्थलमा पुगेर आगो नियन्त्रणमा लिन सफल भएका थिए।

हालसम्म आगलागीको मुख्य कारण यकिन हुन नसके पनि प्रारम्भिक अनुमान अनुसार विद्युत् सर्ट भएर आगो लागेको हुनसक्ने आशङ्का गरिएको छ। जिल्ला प्रहरी प्रमुख एसपी नेत्रमणि गिरीले घटनाको पुष्टि गर्दै थप अनुसन्धान भइरहेको जानकारी दिएका छन्।

उक्त बनाना रिसोर्ट सञ्चालनमा आएदेखिनै नेपाली ग्राहकका साथै भारतीय ग्राहकहरूको लागि आकर्षणको केन्द्र बनेको थियो।

 

प्रकाशित मिति: १७ श्रावण २०८२, शनिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com