काठमाडौं ।  नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टी सङ्गठनलाई थप सुदृढ बनाउन सबै तह र वर्गको सहभागिता अपरिहार्य रहेको बताएका छन् ।

कांग्रेसको थारु विभागद्वारा पार्टी केन्द्रीय कार्यालयमा आयोजित ‘वर्तमान अवस्थामा थारु समुदायको सामाजिक, आर्थिक, राजनीतिक अवस्थाः अवसर र चुनौती’ विषयक गोष्ठीमा सम्बोधन गर्दै उनले समावेशी लोकतन्त्रको अभ्यासलाई अझ प्रभावकारी बनाउनु पर्ने आवश्यकता औँल्याए ।

advertisement

सभापति देउवाले संघीयताको कार्यान्वयनसँगै पार्टीले समावेशी सिद्धान्तलाई व्यवहारमा उतारेको दाबी गरे। उनले भने, “थारु, महिला, मुस्लिम, आदिवासी जनजातिलगायत समुदायबाट सहमहामन्त्री अनिवार्य बनाउने व्यवस्था विधानमै गरिएको छ। त्यस्तै क्षेत्रीय र महाधिवेशन प्रतिनिधिमा पनि थारु सहभागिता सुनिश्चित गरिएको छ ।”

नेपाल बहुसांस्कृतिक, बहुभाषिक र बहुजातीय समाज भएको उल्लेख गर्दै देउवाले सबै जाति, भाषा र संस्कृतिको समान सम्मान गर्नुपर्नेमा जोड दिए। “यो देश सबैको साझा हो, सबै नागरिकलाई समान व्यवहार र सम्मान मिल्नुपर्छ,” उनले स्पष्ट पारे।

त्यस्तै उनले थारु समुदायको समग्र विकास र अधिकार सुनिश्चितताका लागि कांग्रेस निरन्तर प्रतिबद्ध र इमान्दार रहेको बताए।

प्रकाशित मिति: १७ श्रावण २०८२, शनिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com