काठमाडौं । धरान उपमहानगरपालिकाका मयेर हर्कराज साम्पाङ राईले सामाजिक संञ्जालमा लेखेका छन । आफुले ऋण नलिएको भन्दै दलका नेताहरूकाे पछिल्लो समय सार्वजनिक चासोको विषय बनेको व्यक्तिगत ऋण तथा सम्पत्ति प्रकरणले देशभर राजनीतिक हलचल मच्चाइरहेका बेला, सबै दलका नेताहरूले एकै स्वरमा मैले ऋण लिएको छैन, भन्दै बचाउ गर्न थालेका छन्।
सामाजिक सञ्जालदेखि सार्वजनिक मञ्चसम्म नेताहरूले आफू ऋणमुक्त रहेको दाबी गर्न थालेका छन् । तर, यस्तै दाबीका बीचमा कतिपय नेताहरूको नाम विभिन्न बैंक र वित्तीय संस्थाको ऋणी सूचीमा देखिन थालेपछि नेताहरूको रुवाबासी चुलिएको छ ।
“म राजनीति गर्न आएको, ऋण लिन होइन,” भन्दै एक जना नेताले सार्वजनिक कार्यक्रममा भावुक अभिव्यक्ति दिएका थिए। अर्का एक नेताले भने, “हामीमाथि गलत आरोप लगाइएको छ, म कसैको एक रुपैयाँ पनि खान्न भनेर भनेका थिए।”
राजनीतिक विश्लेषकहरूका अनुसार, सार्वजनिक पद धारण गर्नेहरूले पारदर्शिता देखाउनुपर्ने संवैधानिक दायित्व भए पनि, नेताहरूले आत्मरक्षा गर्न थालेको शैलीले जनविश्वास अझ कमजोर बनाएको छ।
यसैबीच, सर्वसाधारणले भने सामाजिक सञ्जालमा व्यंग्यात्मक टिप्पणी गर्न थालेका छन् । नेता सबै ऋण नलिने, तर देश कर्जामै डुबेको छ ।
यस प्रकरणले विभिन्न आयोगहरूलाई पनि चनाखो बनाएको छ। अब पारदर्शिता र जवाफदेहिताबारे थप अनुसन्धान हुने संकेत देखिएको छ। 
प्रकाशित मिति: १७ श्रावण २०८२, शनिबार












प्रतिक्रिया