ललितपुर । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का महासचिव शङ्कर पोखरेलले पार्टी विभाजनका कारण एमाले जनताको पहिलो रोजाइ हुँदाहुँदै पनि चुनावी परिणामका हिसाबले दोस्रो स्थानमा सीमित हुनुपरेको बताएका छन्।

ललितपुरको च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा शुक्रबार आयोजित एक कार्यक्रममा बोल्दै महासचिव पोखरेलले पार्टी तोडफोड गर्ने असफल प्रयासकै परिणामस्वरूप एमाले कमजोर देखिएको उल्लेख गरे।

advertisement

“एमाले नै जनताको पहिलो विश्वासको केन्द्र हो। तर विभाजनकारीहरूको कारणले हामी दोस्रो स्थानमा पुग्नुपर्‍यो,” पोखरेलले भने, “तर, फुटको अभियान असफल भएको छ। पार्टी परित्याग गरेका सबै नेता तथा कार्यकर्तालाई म आग्रह गर्न चाहन्छु—फेरि आफ्नै घर फर्कनुहोस्।”

उनले नेताहरू व्यक्तिगत निराशाका कारण पार्टी छाडे पनि सच्चा कार्यकर्ताहरू सिद्धान्त र सही मार्गमै अडिनुपर्ने धारणा व्यक्त गरे। “नेताहरू हतास भएर हिँड्दा पनि कार्यकर्ताहरू दृढ रहनुपर्छ,” पोखरेलले भने, “देश र जनताको हितका लागि अब एमाले अझ संगठित र सबल भएर अघि बढ्नेछ।”

प्रकाशित मिति: १७ श्रावण २०८२, शनिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com