काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र)को स्थायी कमिटी बैठक पार्टी केन्द्रीय कार्यालय, पेरिसडाँडामा जारी रहेको छ।
आज बिहान ११ बजेदेखि सुरु भएको बैठकमा पार्टी अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रस्तुत गरेको प्रस्तावमाथि नेताहरूले आ-आफ्नो धारणा राखिरहेका छन्। बैठकमा हरेक सदस्यलाई १० देखि १५ मिनेट समय दिइएको छ।
बैठकमा समसामयिक राजनीतिक परिस्थितिबारे समेत गम्भीर छलफल भइरहेको छ।
अध्यक्ष प्रचण्ड र उपमहासचिव जनार्दन शर्माबीच हालै देखिएको मतभेदका कारण यो बैठकलाई विशेष चासोका साथ हेरिएको छ। पार्टीभित्रको आन्तरिक शक्ति सन्तुलन र आगामी रणनीतिलाई लिएर आजको बैठक निर्णायक बन्ने अनुमान गरिएको छ।
प्रकाशित मिति: १७ श्रावण २०८२, शनिबार












प्रतिक्रिया