विराटनगर । नेपाली कांग्रेसका वरिष्ठ नेता डा. शेखर कोइरालाले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी र नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँगको पछिल्लो भेट सामान्य प्रकृतिको भएको स्पष्ट पारेका छन्।

शनिबार विराटनगरमा आयोजित एक कार्यक्रममा बोल्दै डा. कोइरालाले आफ्नो पछिल्लो राजनीतिक संवादबारे खुल्दै भने, ‘उहाँहरूसँग भएको भेटलाई अनावश्यक अर्थ नलागोस्, यो सामान्य भेटघाट मात्र हो।’

advertisement

उनले प्रचण्डसँगको संवादबारे भन्दै थपे, ‘मैले उहाँलाई संसद्मा तपाईं सत्तापक्ष हो कि विपक्ष हो भनेर सोधें। उहाँले आफू विपक्षमा रहेको भन्नुभयो। तर मैले भने— तपाईंहरू त सत्तापक्षजस्तै देखिनुभएको छ। अहिले त रास्वपा मात्रै साँचो अर्थमा विपक्षी जस्तो देखिन्छ, जुन सत्तापक्षसँग ठोक्किएर उभिएको छ। तपाईंहरू त हामी कांग्रेससँगै छलफलमा सहभागी हुनुहुन्छ, यसरी त तपाईंहरू विपक्षी हुन सक्नुभयो र?’

उनको टिप्पणीले माओवादीको भूमिका संसदमा प्रस्ट नदेखिएकोप्रति असन्तोष व्यक्त गरेको बुझिन्छ। डा. कोइरालाले सत्ता र विपक्षबीचको स्पष्ट विभाजन आवश्यक रहेको धारणा राख्दै लोकतान्त्रिक अभ्यासमा पारदर्शिता र भूमिका स्पष्टता अपरिहार्य भएको बताए।

प्रकाशित मिति: १७ श्रावण २०८२, शनिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com