सङ्खुवासभा। सङ्खुवासभाको धर्मदेवी नगरपालिका–९ मुलगाउँबाट झापा दमक जाँदै गरेको यात्रुबाहक बस दुर्घटनामा परेर १४ जना यात्रु घाइते भएका छन्।

बा २ प ७२४४ नम्बरको बस लालीगुराँस नगरपालिका–१, देउराली घुम्तीमा अनियन्त्रित भई झण्डै १० मिटर तल सडकबाट खसेको जिल्ला प्रहरी कार्यालय तेह्रथुमका प्रहरी नायब उपरीक्षक लीलाराज लामिछानेले जानकारी दिए।

advertisement

घटनामा घाइते हुनेहरूमा धर्मदेवी नगरपालिका–९ का २३ वर्षीय सविन विष्ट, धर्मदेवी–७ का २५ वर्षीय भवानी कार्की, ७ वर्षीया असीमित भारती, ९ वर्षीया हिरा भारती, ५६ वर्षीया रत्नमाया कटुवाल, १२ वर्षीय विष्णु कटुवाल, मनकुमार कटुवाल, ५२ वर्षीया धनमाया चापागाईं, धर्मदेवी–६ का ५२ वर्षीय श्रीमान तामाङ, १५ वर्षीया प्रतिमा कटुवाल, १६ वर्षीया सोममाया याईम, ३० वर्षीय सुजन कटुवाल, ६२ वर्षीय दलबहादुर कार्की र धनकुटाको महालक्ष्मी नगरपालिका–१ का २४ वर्षीय विमल विक छन्।

प्रहरीका अनुसार सविन विष्टको अवस्था गम्भीर रहेकाले उपचारका लागि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएको छ भने अन्य घाइतेहरूको बसन्तपुर अस्पतालमा उपचार भइरहेको जनाइएको छ।

दुर्घटनापछि बसका चालक धर्मदेवी–६ का खेम महत फरार रहेको र खोजी भइरहेको प्रहरीको भनाइ छ। घटनाको थप अनुसन्धान भइरहेको जनाइएको छ।

प्रकाशित मिति: १७ श्रावण २०८२, शनिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com