काठमाडाैं । नेपाली कांग्रेसका वरिष्ठ नेता डा. शेखर कोइरालाले पार्टीले नयाँ पुस्ता—विशेषगरी जेनरेशन जेड (Gen Z) सँग सम्बन्ध स्थापित गर्न नसके निकट भविष्यमा कांग्रेस गम्भीर संकटमा पर्ने चेतावनी दिएका छन्।

विराटनगरमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै कोइरालाले बलियो कांग्रेस बिना बलियो लोकतन्त्र सम्भव नहुने जिकिर गरे। “लोकतन्त्र कमजोर हुँदा जनताको जीवनस्तरमा प्रत्यक्ष असर पर्छ,” उनले भने, “त्यसैले बलियो लोकतन्त्रका लागि कांग्रेस बलियो हुनु अनिवार्य छ।”

advertisement

विराटनगर महानगरपालिका–४ द्वारा आयोजित क्रियाशील ज्येष्ठ नागरिक सम्मान कार्यक्रममा बोल्दै उनले युवापुस्तालाई राजनीतिप्रति चासो जगाउने चुनौतीपूर्ण आवश्यकता रहेको बताए। “आजका युवाहरूमा राजनीति प्रतिको वितृष्णा बढ्दो छ,” कोइरालाले भने, “यसलाई आकर्षणमा बदल्न सक्नुपर्छ। यही नै हाम्रो वर्तमान र भविष्यको मूल चुनौती हो।”

कोइरालाले जेनजी पुस्तालाई लोकतन्त्र र कांग्रेसको भूमिकाबारे सशक्त रूपमा जानकारी गराउने खाँचो औँल्याउँदै युवालाई पार्टीसँग नजोडी लोकतन्त्रको दीर्घकालीन स्थायित्व सुनिश्चित गर्न नसकिने धारणा राखे।

उनले पार्टीभित्र आन्तरिक सशक्तिकरण, युवाप्रतिको पहुँच, र विचारको नवीनताको माध्यमबाट मात्र कांग्रेस पुनः जनतामाझ लोकप्रिय बन्न सक्ने विश्वास व्यक्त गरे।

प्रकाशित मिति: १७ श्रावण २०८२, शनिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com