काठमाडाैं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले नेपाली कांग्रेसमा युवाहरुलाई आबद्ध गराए लोकतन्त्र बलियो हुने बताएका छन् ।

नेपाली कांग्रेस विराटनगर–४ वडा समितिले आज आयोजना गरेको क्रियाशील ज्येष्ठ नागरिक सम्मान समारोहमा उनले लोकतन्त्रको स्थायित्वका लागि कांग्रेसप्रति युवाको आकर्षण बढाउन सुझाव दिए। प्रतिनिधिसभाका सदस्यसमेत रहेकाे नेता डा कोइरालाले ‘लोकतन्त्रको पर्यायवाची नै कांग्रेस भएकाले लोकतन्त्र कमजोर भएमा लोकतन्त्र र देश कमजोर हुने धारणा राखे।

advertisement

उनले भने, “लोकतन्त्रको स्थायित्व र देशको विकासका लागि कांग्रेसको भूमिकाबारे युवामा जनचेतना जागृत गराउनु आजको आवश्यकता हो ।”, नेता डा कोइरालाले जीवन्त र लोकतान्त्रिक पार्टीमा आन्तरिक प्रतिस्पर्धा हुनुपर्ने बताउँदै अन्य पार्टीहरूसँगको प्रतिस्पर्धामा कांग्रेस एकढिक्का भएर लाग्नुपर्नेमा जोड दिए।

राजनीतिक दलको नेता भएपछि अन्य दलका नेताहरुसँग भेटघाट गर्नु सामान्य भएअनुसार पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी, पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लगायतका नेताहरुसित आफूले भेटघाट एवं छलफल गरेको बताए।

प्रकाशित मिति: १७ श्रावण २०८२, शनिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com