भक्तपुर । नेपाली कांग्रेसका सहमहामन्त्री जीवन परियारले पार्टी सभापति शेरबहादुर देउवा आगामी १५औं महाधिवेशनमा सभापतिका लागि उम्मेदवार नबन्ने स्पष्ट पारेका छन्।

शनिबार भक्तपुरको सूर्यविनायकमा आयोजित नेपाली कांग्रेस नगर समितिको तेस्रो नगर सम्मेलनमा बोल्दै परियारले देउवाले पार्टी विधानअनुसार लगातार दुई कार्यकालसम्म मात्र सभापति बन्न पाइने प्रावधानलाई सम्मान गर्ने निर्णय लिइसकेको जानकारी गराए।

advertisement

उनले भने, “सभापतिज्यू स्वयंले पनि सार्वजनिकरूपमै अब उम्मेदवारी नदिने बताएका छन्, त्यसैले आगामी महाधिवेशनले कांग्रेसलाई नयाँ नेतृत्व दिनेछ।”

त्यस्तै उनले १५औं महाधिवेशन निर्धारित समयभन्दा एक वर्ष पछि सर्ने पनि खुलासा गरे। उनका अनुसार विधानले विशेष परिस्थितिमा महाधिवेशन एक वर्षसम्म सार्न सकिने व्यवस्था गरेकोले, मंसिरमा बस्ने केन्द्रीय समितिको बैठकले त्यसै अनुसार निर्णय लिनेछ। “अब महाधिवेशन २०८३ मंसिरभित्र सम्पन्न हुनेछ,” उनले भने।

कार्यक्रममा कांग्रेस भक्तपुर जिल्ला सभापति एवं सांसद दुर्लभ थापाले पनि आफूले दुई कार्यकाल पूरा गरिसकेको हुँदा पदबाट पछि हट्ने योजना रहेको बताए।

तर उनले भने, “यदि विधान संशोधन भयो भने म पनि सभापतिमा प्रतिस्पर्धा गर्ने सम्भावना खुला राख्छु।”

यो घोषणाले कांग्रेसमा नयाँ नेतृत्वका लागि प्रतिस्पर्धा चर्किने संकेत देखिएको छ। यद्यपि सम्भावित उम्मेदवारबारे सहमहामन्त्री परियारले कुनै टिप्पणी गरेका छैनन्।

प्रकाशित मिति: १७ श्रावण २०८२, शनिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com