काठमाडाैं । मकवानपुरको मकवानपुरगढी गाउँपालिका–५ बुङदोलमा एक पुरुषलाई आफ्नै पत्नीको हत्या अभियोगमा प्रहरीले पक्राउ गरेको छ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार ४५ वर्षीय मानबहादुर शिवभक्ति आरोपित रहेका छन्। उनले आफ्नी ४० वर्षीया पत्नी दुर्गालक्ष्मी शिवभक्तिको घाँटी थिची हत्या गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको हो।

advertisement

प्रहरी नायब उपरीक्षक श्यामु अर्यालले बताएअनुसार घटना घरमा कोही नभएको समयमा भएको थियो। पत्नी पक्षघातबाट पीडित थिइन् र हिँडडुल गर्न असमर्थ थिइन्। प्रहरीलाई दिएको बयानमा मानबहादुरले लामो समयदेखिको मानसिक तनावका कारण आफैँले हत्या गरेको स्वीकारेका छन्।

हत्या गरेपछि आत्महत्या गर्न खोज्दा डोरी चुडिएपछि उनी ज्यान जोगाएर बाँचेका थिए र त्यसपछि प्रहरी सम्पर्कमा पुगेका हुन्। दुर्गालक्ष्मीको शव पोस्टमार्टमका लागि हेटौंडा अस्पताल ल्याइएको छ।

घटनाबारे विस्तृत अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रकाशित मिति: १७ श्रावण २०८२, शनिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com