काठमाडौं । राष्ट्रपति ट्रम्पविरुद्ध दुई वटा अभियोग लगाउने कुराको नेतृत्व गरेका पूर्व विशेष सल्लाहकार ज्याक स्मिथमाथि छानबिन हुने भएको छ।

यो वर्षको सुरुवातमा पदबाट राजीनामा दिएका उनलाई अफिस अफ स्पेसल काउन्सिलले छानबिन अघि बढाउने भएको हो। ट्रम्पले कागजातको दुरुपयोग गरेको तथा सन् २०२० को निर्वाचनलाई प्रभावका पार्न खोजेको आरोपमा छानबिन गर्न स्मिथलाई सन् २०२२ मा विशेष सल्लाहकार चयन गरिएको हो।

advertisement

ओएसीसँग स्मिथलाई अभियोग लगाउने अधिकार दिएको छैन। तर डिपार्टमेन्ट अप जस्टिसका सामु सिफारिस गर्न सक्ने छ।

सन् २०२४ को निर्वाचनलाई समेत प्रभावमा पार्न प्रयास गरेको आरोपसहित आरन्कासका रिपब्लिक सिनेटर टम कटनले ओसिएसलाई छानबिन गर्न भने पछि योक्रम सुरु भएको हो। यसअघि राष्ट्रपति ट्रम्पमाथि लगाइएको दुवै आरोप गलत भएको तथा राजनीतिक पूर्वाग्रहका कारण भएको दाबी गर्दै आसिएसले सम्मान गरेको हो।

नोभेम्बरमा भएको निर्वाचनमा ट्रम्पले सफलता पाएपछि उनी माथिको छानबिन रोकिएको हो। यसअघि सामाजिक सञ्जालमा कटनले ट्रम्प माथिको छानबिन निर्वाचनलाई प्रभावमा पार्न मात्र भएको भन्दै पोस्ट गरेका थिए।

ट्रम्प प्रशासनले छानबिन गरेको स्मिथ पहिलो सरकारी अधिकारी भने होइनन्। सन् २०१३ देखि २०१७ सम्म बाराक ओबामा प्रशासनमा एफबिआईको नेतृत्व गरेका जेम्स कोमीमाथि पनि ट्रम्प प्रशासनले छानबिन सुरु गरेको हो। उनले सामाजिक सञ्जालमा पोस्ट गरेको विषयमा छानबिन भएको हो।

 

प्रकाशित मिति: १८ श्रावण २०८२, आइतबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com