काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रको स्थायी समिति बैठक आज पनि बस्दैछ ।

बैठक बिहान ११ बजे केन्द्रीय कार्यालय पेरिसडाँडामा बस्ने उपाध्यक्ष एवं प्रवक्ता अग्निप्रसाद सापकोटाले जानकारी दिए ।

advertisement

शुक्रबारबाट सुरु भएको बैठकमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रस्तुत गरेको समसामयिक राजनीतिक प्रस्तावमा स्थायी समिति सदस्यहरूले धारणा राख्ने क्रम जारी छ ।

शुक्रबारको बैठकमा दाहालले वर्तमान परिस्थिति, पार्टीभित्रको अवस्थाबारे ब्रिफिङ गरेका थिए ।

शनिबारको बैठकमा १८ जना स्थायी समिति सदस्य, पाँच पदाधिकारी र एक अनुशासन आयोगका पदाधिकारीले आफ्नो धारणा राखेका छन् । बाँकी सदस्यले आज बोल्ने छन् । राख्न नेताहरूलाई १०–१५ मिनेटको समय निर्धारण गरिएको छ ।

बैठकमा नेताहरूले पार्टीभित्र विधि, पद्धति र प्रक्रियालाई कडाइका साथ लागू गर्न सुझाव दिएका छन् । पार्टीका विषयमा आएका सबै विषयमा सहज ढंगले बैठकमा छलफल भइरहेको उपाध्यक्ष सापकोटाले बताए ।

 

प्रकाशित मिति: १८ श्रावण २०८२, आइतबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com