काठमाडौँ । ललितपुरको गोदावरी नगरपालिका–१४ स्थित ठैवमा एक पुरुषले आफ्नी श्रीमतीको हत्या गरेका छन्। घटनामा संलग्न रहेको आरोपमा प्रहरीले ४६ वर्षीय निरोज कुमार खड्गीलाई पक्राउ गरेको छ।

प्रहरीका अनुसार खड्गीले आफ्नी श्रीमती सुस्मिता खड्गीको घाँटी थिचेर हत्या गरेका हुन्। उनीहरू काठमाडौँको चन्द्रागिरि नगरपालिका–८ थानकोट स्थायी बासिन्दा भए पनि हाल ठैवमा टहरा बनाएर बस्दै आएका थिए।

advertisement

घटनाबारे आइतबार बिहान करिब ६ बजेतिर सूचना प्राप्त भएको ललितपुरका प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) श्यामकृष्ण अधिकारीले जानकारी दिए। प्रहरी पुग्दा सुस्मिता गम्भीर अवस्थामा भेटिएकी थिइन् भने घटनास्थलमै मृत्यु भइसकेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।

सुस्मिताको शव पोष्टमार्टमका लागि पाटन अस्पताल पठाइएको छ। प्रहरीका अनुसार उनीहरूबीच घरेलु विवाद भएपछि हत्या भएको आशंका गरिएको छ।

घटनाको थप अनुसन्धान सातदोबाटो प्रहरी वृत्तबाट भइरहेको छ भने नजिकैको बाँडेगाउँ प्रहरी प्रभागबाट टोली घटनास्थलमा खटिएको थियो। घटनास्थल प्रहरी प्रभागबाट करिब २ किलोमिटर उत्तरतर्फ पर्छ।

प्रकाशित मिति: १८ श्रावण २०८२, आइतबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com